काठमाडौँ। भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप २०२६ का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अन्तिम टोली घोषणा गरेको छ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले घोषणा गरेको टोलीमा कप्तानका रूपमा एञ्जिला तुम्बापो सुब्बा रहेकी छन्। टोलीमा अञ्जनाराना मगर, उषा नाथ, पूजा राना, गीता राना, विमला बिक, हिराकुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र साविना चौधरी समावेश छन्।
यस्तै, रेनुका नगरकोटी, दिपा शाही, प्रीति राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल र अनिता केसीले पनि टोलीमा स्थान बनाएका छन्।
त्यसैगरी, रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मिना देउवा पनि अन्तिम टोलीमा अटाएका छन्।
साफ च्याम्पियनसिप भारतको गोवामा जेठ ११ गते (मे २५ ) देखि सुरू हुँदैछ। जहाँ ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल ग्रुप ‘ए’ मा श्रीलंका र भुटान रहेका छन्। ग्रुप ‘बी’ मा भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन्।


