काठमाडाैं। माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपकाे कभर्डहलमा आइतबार नेपालले पहिलो सेट २५-१२ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुआत गरेको थियो। दोस्रो सेटमा पनि नेपालले शानदार प्रदर्शन गर्दै २५-९ को सहज जित निकाल्यो। तेस्रो सेटमा माल्दिभ्सले केही प्रतिस्पर्धा गरे पनि नेपाल २५-२० ले विजयी हुँदै खेल आफ्नो पक्षमा पार्न सफल भयो।
यस जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। नेपाल पहिलाे खेलमा भारतसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे। दाेस्राे खेलमा नेपालले किर्गिस्तानलाई साेझाे सेटमा पराजित पहिलाे जित दर्ता गरेकाे थियाे। समूह चरणमा नेपालले तीन खेलबाट सात अंक जाेडेकाे छ। याे समूहबाट भारतकाे सेमिफाइनल सम्भावाना बलियाे छ। उसले दुई खेलबाट पाँच अंक जाेडेकाे छ।


