काठमाडौं। नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले युएफसी छनोट प्रतियोगिताअन्तर्गतको ‘रोड टू युएफसी सिजन ५’ को सेमिफाइनलमा स्थान बनाएका छन्।
मकाउको ग्यालेक्सी एरेनामा बिहीबार सम्पन्न क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई नकआउट गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। योसँगै उनले फाइनल प्रवेश गर्न अस्ट्रेलियाको कासिब मर्डोकसँग खेल्नेछन्।
ब्यान्टमवेटमा प्रतिस्पर्धा गरिरहेका रविन्द्र विजेता बने युएफसीमा छनोट हुनेछन् ।