काठमाडौं । २०औँ एसियन गेम्सको महिला भलिबलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको छ।
सोमबार ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा भएको नवौँदेखि १२औँ स्थानको वर्गीकरण खेलमा नेपालले हङकङविरुद्ध कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन।
नेपाल पहिलो सेटमा २०–२५ ले पराजित भयो। दोस्रो सेटमा पनि हङकङले २५–१९ को जित निकाल्यो। तेस्रो सेटमा भने नेपालले कडा चुनौती प्रस्तुत गरे पनि २६–२८ ले गुमायो।
यससँगै नेपालले महिला भलिबलमा नवौँ स्थानमा रहने सम्भावान सकिएकाे छ। नेपालले अब ११ र १२औँ स्थानको वर्गीकरण खेल्ने छ। समूह ए मा रहेकाे नेपाल पहिलाे खेलमा घरेलु टाेली जापान तथा दाेस्राे खेलमा इन्डाेनेसियासँग समान ३–० काे सेटमा पराजित भएकाे थियाे।