एसियन गेम्समा नेपाल : हालसम्म कुन खेलमा कस्तो नतिजा?

काठमाडाैं। जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत उसुको महिला छाङ्छ्वानमा नेपालकी सुस्मिता तामाङ ९.५८० अंक सहित १३औं स्थानमा रहिन्। उनको विधामा हङकङ ९.७१३ अंक सहित प्रथम भएको छ। यस्तै ६० केजा तौल समुहमा रिता ठगुन्ना तुर्किमिन्स्तानकी खेलाडीसंग २–० अंकले पराजित भएकी छन्।

एसियाडको तेस्रो दिन नेपाली कबड्डी पुरुष टिम थाईल्यान्ड संग पराजित भएको छ। लिग चरणको पहिलो खेलमा नेपाली टिम थाइल्यान्डसँग ५९–४८ अंकले पराजित भएको हो। नेपालले दोस्रो खेल मंगलबार पाकिस्तानसंग खेल्ने छ।

बक्सिङमा पुरुष ७० केजी तौलसमूहमा दानबहादुर दर्लामी इराकका खेलाडी वासी कसीम हामदानसँग ५–० अंकमा पराजित भए। महिला भलिबलमा पनेपाल एसियाली ¥याङकिङका लागि भएको खेलमा हङकङसँग सोझो सेटमा पराजित भएको छ। ९ देखि १२औं स्थानका लागि भएको खेलमा हङकङसँग २५–२०, २५–१९ र २८–२६ को सेटमा पराजित भएको हो। ११–१२ औं स्थानका लागि नेपालले मंगलबार मंगोलियासँग खेल्नेछ।

करातेको महिला ६८ केजीमुनिको क्वाटरफाईनलमा निरुपा दोङ तामाङ हङकङकी खेलाडीसँग ३–० को अंकमा पराजित भएकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको