संस्कृतिको सहज जित

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा संस्कृति इन्टरनेसनल स्कुलले अक्षरा स्कुललाई ५ विकेटले पराजित गरेको छ।

तल्लाे मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको संस्कृतिले अक्षरालाई १९.३ ओभरमा ११५ रनमा समेटेको थियो। अक्षराका लागि नेयोल राउतले सर्वाधिक ३० रन बनाए भने रिगेन बस्नेतले १९ रन जोडे।

संस्कृतिका लागि प्राञ्जन शर्मा देवकोटा, गेबान्श जंग लामिछाने, गर्भ बहेती र प्राञ्जल देवकोटाले समान २–२ विकेट लिए।

१ सय १६ रनको लक्ष्य पछ्याएको संस्कृतिले १८.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि गेबांशजंग लामिछानेले अविजित ६४ रनको उत्कृष्ट इनिङ्स खेले। सहर्ष श्रेष्ठले १७ रनको योगदान दिए।

अक्षराका कप्तान आर्यमान तिवारीले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। गेबांशजंग लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पिक पोइन्टको तर्फबाट नगद १ हजार ५ सय रुपैयाँ पाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको