केएमसी क्वाटरफाइनलमा

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत समूह ‘सी’ को खेलमा केएमसी स्कुलले ग्यालेक्सी पब्लिक स्कुललाई ६२ रनले पराजित गरेको छ।

माथिल्लाे मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केएमसीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो। केएमसीका बिदान सपकोटाले ५५ बलमा १ सय ५ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। अवियनराज यादवले २४ रनको योगदान दिए।

१ सय ८६ रनको लक्ष्य पछ्याएको ग्यालेक्सी पब्लिक स्कुल १९.३ ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनमै समेटियो। उसका लागि खुशबेन्द्र साहले ५२ रन र बाइभव नारायण साहले अविजित ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन।

केएमसीका लागि खुशबेन्द्र साहले ३ विकेट लिए भने बिदान लुइँटेल र अमित कुमार दासले समान २–२ विकेट हात पारे।

उत्कृष्ट शतकीय इनिङ्स खेलेका बिदान सपकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले पिक पोइन्टको तर्फबाट नगद १ हजार ५ सय रुपैयाँ पाए।

केएमसीले लगातार दोस्रो जित दर्ता गर्दै समूह ‘सी’ बाट क्वाटरफाइनल नजिक पुगेको छ। याे समूहबाट ग्यालेक्सी र हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कूल बहिरिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको