विज्डम स्कुलको ‍जित, आयुष एक्लैले लिए ७ विकेट

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा विज्डम इङ्ग्लिस एकेडेमीले क्लिन्टन स्कुललाई ४१ रनले पराजित गरेको छ।

तल्लाे मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विज्डमले निर्धारित २० ओभरमा १० विकेट गुमाएर ९८ रन बनाएको थियो। उसका लागि कुशल थापाले ३० रन र सौरभ अधिकारीले २२ रन जोडे।

९९ रनको लक्ष्य पछ्याएको क्लिन्टन स्कुल १६.५ ओभरमा ५७ रनमै समेटियो। उसका लागि आरोग्य पराजुलीले सर्वाधिक १५ रन बनाए।

विज्डमका लागि कुशल थापा र अभदेश पाण्डेले समान तीन विकेट लिए।

खेलमा ७ विकेट लिएका आयुष थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको