काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा नेपाल पुलिस स्कुलले प्रिक पाेइन्ट एकेडेमीलाई डिएलएस विधिअनुसार ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
जितसँगै समूह ‘एच’ मा दुई खेलमा चार अंकसहित समूह विजेताकाे रुपमा पुलिस क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।
तल्लो मूलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनायो। राजप्रताप यादवले ३५ र मोहम्मद अब्बास साफीले अविजित २८ रन बनाए।
वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा प्रिक पाइन्ले ७६ रनको लक्ष्य पाएको थियो। जवाफमा टोली ४ विकेट गुमाउँदै २६ रन बनाउँदा पुन बर्षाकाे करण खेल हुन सकेन।
पुलिसका लागि सुनिल ठाकुर र आर्यन साहले समान २–२ विकेट लिए। सुनिल ठाकुर खेलको ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।