पाँचौं राष्ट्रिय वादोरियो करोतमा बिशन र बादल फाइनलमा

काठमाडौं। लुम्बिनीका बिशन थापामगर र कोशी प्रदेशका बादल लिम्बूले पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन्।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा बशुन्धारामा आइतबार भएको प्रतियोगितामा लुम्बिनीका बिशन र कोशीका बादलले पुरुष ५० केजी तौलसमूहमा फाइनलमा स्थान बनाएका हुन्। बिशनले कर्णालीका सुरज यादवलाई र बादलले सुनिल बिष्टलाई हराए। उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की र वादोरियो कराते डो संघका संस्थापक प्रमुख प्रशिक्षक तथा अध्यक्ष हरिशरण केसीले उद्घाटन गरे। कुल १४ वटा इभेन्टमा खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

संघका अध्यक्ष केसीले हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए। पुरुष ५५ केजी तौलसमूहमा लुम्बिनीका कृष्ण चिढी र कोशीका अरुण लिम्बूले फाइनलमा स्थान बनाएका छन्।

कृष्णले शिवराम मदैलाई र अरुणले बागमतीका समीर घलानलाई हराए। प्रतियोगितामा सातै प्रदेशका एक सय ५० खेलाडीले प्रस्पिर्धा गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी दिए। पुरुष ४५ केजी तौलसमूहमा सुदूरपश्चिमका रोशन श्रेष्ठल फाइनलमा मधेशका रिजन बुढामगरले हराउँदै स्वर्ण जिते। लुम्बिनीका सुमन पञ्चभैया र गण्डकीका सन्देश रोकाले कांस्य पदक जितेका छन्। महिला ४५ केजी तौल समूहमा लुम्बिनीकी शुसियन गुरुङ स्वर्ण जितिन्। उनले फाइनलमा कोशीकी गरिता राजवंशीलाई हराइन्। बागमतीकी ओसिका शर्मा र कर्णालीकी सुमना तोलाङ्गी कांस्य पदक जिते। महिला ४५ केजी विधामा गण्डकीकी करुणा गदालले स्वर्ण जितिन्।

उनले फाइनलमा बागमतीकी मनसुला थापालाई हराइन्। लुम्बिनीकी ममता थापा क्षेत्री र मधेसकी स्मृति सुनारले कांस्य पदक जिते। महिला ५० केजी तौलसमूहमा मधेसकी अनु मोक्तानले बागमतीकी प्रश्ना केसीलाई हराउँदै स्वर्ण पदक चुमिन्। गण्डकीकी मनीषा कार्की र कोशीकी अर्पणा मगर कांस्य पदकमा सीमित भए। महिला ५५ केजी तौलसमूहमा मधेसकी सलिना तुलाधरले लुम्बिनीकी दुर्गा पौडेल र कर्णालीकी सलिना पहरीले कोशीकी रिस्ता तामाङलाई हराउँदै फाइनलमा स्थान बनाएका छन्। पुरुष ६० केजी तौल समूहमा बागमतीका वरदान मोक्तान र कोशीका अंकित लिम्बू फाइनलमा प्रवेश गरेका छन्।

बरदानले सुदूरपश्चिमका अजय मङ्गातीलाई तथा अंकितले अनुप उपरकोटीलाई पराजित गरेका हुन्। महिला ६० केजी तौल समूहमा मधेसकी सन्जिता तामाङले स्वर्ण जित्दा लुम्बिनीकी जस्मिन कुँवरलाई हराइन्। कर्णालीकी रोजिना तामाङ र बागमतीकी रञ्जना चाम्लिङले कांस्य पदक जिते। एकल काता पुरुषतर्फ लुम्बिनीका आयुष खनालले स्वर्ण, मधेशका अश्विन पुनमगरले रजत तथा गण्डकीका विवेक मगर र कोशीका इन्द्रप्रसाद राजवंशीले कांस्य पदक प्राप्त गरे। महिला एकल कातातर्फ लुम्बिनीकी सेया थापामगरले स्वर्ण, गण्डकीकी प्रशंसा पहरीले रजत तथा मधेशकी स्मृति थापा र बागमतीकी सुमिना तामाङले कास्य पदक जिते। प्रतियोगिताका बाँकी प्रतिस्पर्धा आइतबार सम्पन्न हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको