ईडब्लुभीएलको तेस्रो संस्करण असोज ८ देखि

काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को तेस्रो संस्करण आगामी असोज ८ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ।

फ्रेन्चाइज भलिबल प्रतियोगिताकाे आयोजकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रतियोगिता सञ्चालन गरिनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि दशैँअघि प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको जनाइएको छ।

नेपालीहरूको महान चाड दशैँको ठीक अगाडि लिग आयोजना गर्दा खेलप्रेमी दर्शकहरूलाई चाडपर्वकै माहोलमा भलिबलको रोमाञ्चक प्रतिस्पर्धा हेर्ने अवसर मिल्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको