काठमाडाैं। नेपाल भलिबल संघले पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप–२०२६ का लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम १२ सदस्यीय खेलाडी सूची सार्वजनिक गरेको छ।
पाकिस्तान भलिबल महासंघको आयोजनामा इस्लामाबादमा जुलाई १ देखि ७ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपालले अनुभवी र युवा खेलाडीहरूको समिश्रणसहित टोली घोषणा गरेको हो।
घोषित टोलीमा सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, रविन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर, नृपध्वज बस्नेत र विनोद चन्द रहेका छन्।
यस्तै, टाेलीकाे प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्।