काठमाडौं। सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताकाे उत्कृष्ट ब्याटर (टुर्नामेन्ट बेस्ट ब्याटर) घोषित भएका छन्।
राजदीपले प्रतियोगिताभर उत्कृष्ट लयमा ब्याटिङ गर्दै ४ इनिङ्समा २३९ रन जोडे। उनले एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए। प्रतियोगितामा उनको उच्च व्यक्तिगत स्कोर ११५ रन रह्यो। १४३.९८ को स्ट्राइक रेट तथा ११९.५० को प्रभावशाली औसतसहित उनले प्रतियोगितामा आफूलाई सर्वोत्कृष्ट ब्याटरका रूपमा स्थापित गरे।
उनको निरन्तर, संयमित र आक्रामक ब्याटिङ प्रदर्शनले सैनिक आवासीय महाविद्यालयलाई सेमिफाइनलसम्मको यात्रा तय गर्न महत्वपूर्ण योगदान पुर्याएको थियो।