काठमाडौं। सुशील केडिया विश्व भारती स्कुल (डीएभी)का कुञ्जन आचार्य तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यु–१६ क्रिकेट प्रतियोगिताको उत्कृष्ट बलर घोषित भएका छन्।
प्रतियोगिताभर उत्कृष्ट बलिङ प्रदर्शन गरेका कुञ्जनले ५ खेलमा १५ विकेट हात पार्दै आफ्नो टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए। प्रतियोगितामा उनको उत्कृष्ट बलिङ प्रदर्शन १७ रन खर्चेर ६ विकेट रहेको थियो।
कुञ्जनले प्रतियोगिताभर ४.८९ को इकोनोमी रेट कायम राख्दै कुल ६७ डट बल फ्याँकेका थिए। डीएभीको उपाधि यात्रामा महत्वपूर्ण भूमिका खेलेका कुञ्जनलाई प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा ‘टुर्नामेन्ट बेस्ट बलर’को सम्मान प्रदान गरिएको हो।