काठमाडाैं। एक गोलले पछाडि रहेको स्थितिबाट दक्षिण कोरियाले शुक्रबार विश्वकप २०२६ मा चेक रिपब्लिकलाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गरेकाे छ। याे जितसँगै समूह ए मा तीन अंक बटुलेको छ।
स्टाडियो ग्वाडालाजारामा सम्पन्न खेलमा चेक टिमले ५९औं मिनेटमा अग्रता लिएको थियो। तर, दक्षिण कोरियाका लागि ६७औं मिनेटमा ह्वाङ इन बेमले बराबरी गोल फर्काए। खेलको ८०औं मिनेटमा ओह ह्योन ग्युले निर्णायक गोल गरे।
त्यसको ठीक अगाडि चेक गणतन्त्रको गोल गरे पनि त्यसले मान्यता पाएन र टोमस सोचेकको प्रहार अफ साइड रह्यो।
याे समूहमा आयोजक मेक्सिको पनि तीन अंकमा शीर्षमा छ। उसले यसअघिको प्रतियाेगिताकाे उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो।