काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप आजदेखि इङ्ल्याण्डमा सुरु हुँदैछ। उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्डले श्रीलंकासँग बर्मिघमको एजबास्टनमा नेपाली समयअनुसार राति ११:४५ बजे खेल्दैछ।
इङ्ल्याण्डले २००९ मा उपाधि जितेपछि फेरि च्याम्पियन बन्न सकेको छैन भने श्रीलंका पहिलो पटक सेमिफाइनल पुग्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको छ।
समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तानसहित र समूह ‘बी’ मा इङ्ल्याण्ड, न्युजिल्याण्ड, वेस्ट इण्डिजसहित ६ टोली रहेका छन्। प्रत्येक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
फाइनल खेल ५ जुलाईमा हुनेछ।