विश्वकपमा अस्ट्रेलियाको विजयी सुरुआत

काठमाडाैं। फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

भ्यान्कोभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा नेस्टरी इरानकुन्डाले २७औँ मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। त्यसपछि कनर मेटकाल्फले ७५औँ मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे

समूह ‘डी’ कै अर्को खेलमा आयोजक अमेरिका पनि विजयी सुरुआत गरेकाे छ। अमेरिकाले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित दर्ता गर्दै घरेलु भूमिमा विश्वकप अभियानको सुखद सुरुआत गरेको थियो।

पहिलो चरणका खेल सम्पन्न हुँदा समूह ‘डी’ मा अमेरिका र अस्ट्रेलिया समान तीन–तीन अंकसहित शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको