एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ : अफगानिस्तानको पुरूष टोली नेपाल


काठमाडौं । नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा सहभागीता जनाउन अफगानिस्तानको पुरूष टोली नेपाल आइपुगेको छ।

उनीहरू मङ्गलवार बिहान नेपाल आइपुगेका हुन्। यसै गरी आज बेलुका नै चाइिनज ताईपेई र फिलिपिन्सको टोली नेपाल आइपुग्ने छन्।

प्रतियोगिताका लागि पोखरामा नेपाली टोलीले करिब तीन महिना देखि अभ्यास गरिरहेको छ। नेपाली टोली मंगलबार नै काठमाडौं आईपुग्ने रग्बी संघले जनाएको छ।

प्रतियोगिता आउन अब तीन दिन मात्र बाँकी रहेको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दशरथ रङ्गशालामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

पहिलो पटक नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा रग्बी सघं पनि निकै नै उत्साहित छ। प्रतियोगिताका लागि तयारी तिव्र गतिमा चलिरहेको संघले जनाएको छ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन्। पछिल्लो समय नेपालमा पनि रग्बी खेल चर्चित छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको