काजल दक्षिण कोरिया प्रस्थान

काठमाडाैं। तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ छुनछियोन विश्व पुम्से च्याम्पियनसिप (जि ८) मा निर्णाकको भूमिकामा सहभागी हुन आइतबार दक्षिण कोरिया प्रस्थान गरेकी छन्। प्रतियोगिता सेप्टेम्बर १६ देखि २० तारिखसम्म हुनेछ।

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलसंग विभिन्न राष्ट्रमा भएका विभिन्न स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ।

काजलले यसअघि कोरियामा भएको छुनछियोन कोरिया ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप (जि २), कोरियामा भएको छुनछियोन विश्व पारा तेक्वान्दो ओपन च्यालेन्ज, मंगोलियामा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिप (जि ४), उज्वेकिस्तानमा भएको तास्केन्द विश्व तेक्वान्दो जुनियर च्याम्पियनसिप, अस्टे«लियामा भएको जि ४ ओसिएनिया तेक्वान्दो च्याम्पियनसिप, अमेरिकामा भएको कुकिवन वल्र्ड तेक्वान्दो हान्मादाङ, अस्ट्रेलियामा भएको जि २ डब्लुटी प्रेसिडेन्ट कप, अस्टे«लियामा भएको जि २ अस्ट्रेलिन  ओपनलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी छन्।

अस्ट्रेलियामा भएको ओसिएनिया र अमेरिकामा भएको हान्मादङमा काजलले उत्कृष्ट रेफ्रीको अवार्ड पनि जितेकी थिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको