काठमाडाैं। यूईएफए नेसन्स लिगको समूह ‘ए४’ अन्तर्गत पोर्चुगलले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।
घरेलु मैदानमा पोर्चुगलका लागि जोआओ कान्सेलो र गोन्कालो रामोसले गोल गरे। नर्वेका क्रिस्टोफर अजेरले ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै कान्सेलोले पोर्चुगललाई खेलमा फर्काए।
७९औँ मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगलले २–१ को जित सुनिश्चित गर्यो।
यस जितसँगै पोर्चुगलले समूह ‘ए४’ मा लगातार चार खेल जित्दै १२ अंक जोडेको छ। टोलीले अब समूहका बाँकी दुई खेल खेल्नुअघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो।