विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ।

श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले आफ्नो खेलाडी जीवनमा श्रीलंकाको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्।

प्रशिक्षकका रूपमा धम्मिकाले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक तथा बलिङ प्रशिक्षकका रूपमा काम गर्नुका साथै नेपाल र ओमान राष्ट्रिय क्रिकेट टोलीको पूर्व बलिङ प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

फ्रेन्चाइज क्रिकेटमा प्रसादले लङ्का प्रिमियर लिगमा कोलम्बो किंग्सका बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक तथा क्यान्डी रोयल्सका सहायक प्रशिक्षक का रूपमा काम गरिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको