काठमाडाैं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीका विषयमा प्रदेश खेलकुदका सदस्य–सचिवसंग शुक्रबार छलफल गरेका छन्।
खेलाडी छनोटसहित दसौं राष्ट्रिय खेलकुदको समग्र तयारीका विषयमा छलफल भएको थियो। बुधबार सदस्य–सचिव मेहताले राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसंग छुट्टाछुट्टै छलफल गरेका थिए। दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ।