काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० गोलले पराजित भएको छ।
आइतबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बर्नमाउथका रायनले ३८औँ, मार्कस टाभर्नियरले ४३औँ र इभानिल्सनले ७१औँ मिनेटमा गोल गरे।
योसँगै युनाइटेडले जारी लिगमा आठ खेलबाट तेस्रो हार बेहोरेको छ। टोली सात अङ्कसहित तालिकामा छ भने जितसँगै बर्नमाउथको नौ अङ्क भएको छ।
तपाईको प्रतिक्रिया !!!