एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे


काठमाडाै । नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ। नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन्।

पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जनाएका छन्। योसहित नेपाल आइपुग्ने विदेशी टोलीको संख्या ८ पुगेको छ।

मंगलबार अफ्गानिस्तान, चाइनिज ताइपेईं र फिलिपिन्स टोली नेपाल आएका थिए। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको