सुदूरपश्चिमले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन् ।

सुदूरपश्चिमले सोमबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सविरुद्ध खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । पहिलो खेल खेल्दै गरेको पोखराले भने विदेशी खेलाडीमा चर्चित अलराउन्डर शाकिब अल हसन सहितका खेलाडीलाई मौका दिएको छ ।

सुदूरपश्चिम रोयल्सको प्लेईङ-११

विनोद भण्डारी, सेफ जैब, इसान पाण्डे, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, शरफन रादरफोर्ड, ब्राण्डन मकमलन, अभिनास बोहोरा, स्कट कुगेलाइन, हेमन्त धामी र अनिल खरेल

पोखरा एभेन्जर्सको प्लेईङ-११

कुशल भुर्तेल, दिनेश खरेल, किरण ठगुन्ना, अर्जुन घर्ती, प्रतिक पोखरेल, आकाश चन्द, विपिन खत्री, शाकिब अल हसन, मेहेदी हसन, धनन्जय लक्क्षणा, सधिरासमरा विक्रमा

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको