काठमाडौं । पहिलो खेलमा पराजित काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् ।
गत बिहिबार विराटनगर किंग्सविरुद्ध खेलेको कर्णालीको टोलीमा एक परिवर्तन भएको छ । विदेशी खेलाडी अकबर अलिको स्थानमा जिसाान अलिले स्थान बनाएका छन् ।
कर्णाली याक्सको प्लेइङ-११
अरिफुल इस्लाम, जिसान आलम, मार्क वाट, सोमपाल कामी, हुसैन तलत, गुलसन झा, नन्दन यादव, युवराज खत्री, पवन सरार्फ, युनिशबिक्रम सिंह र दिपक डुम्रे
गत बिहिबार जनकपुर बोल्ट्ससँग खेलेको टोलीमा काठमाडौंले ३ परिवर्तन गरेको छ । काठमाडौंको टोलीमा हरिशंकर शाह, सुमित महर्जन र स्याम हेजलेटको स्थानमा डेविड वार्नर, सन्तोष यादव र देव साहले मौका पाएका छन् ।
काठमाडौं गोर्खाजको प्लेईङ-११
भीम सार्की, सन्तोष यादव, जहान्दद खान, करण केसी, आदिल आलम, रसिद खान, रिपोन मण्डल, डेविड वार्नर, शाहब आलम, स्मित पटेल, देव साह