एनपिएल : अंक बिहिन पोखरा लुम्बिनीसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) तेस्रो संस्करणमा आज अंक बिहिन पोखरा एभेन्जर्सले सविक विजेता लुम्बिनी लायन्ससँग खेल्दैछ ।

पोखरा र लुम्बिनी आजको दोस्रो खेलमा साँझ ५ बजे आमने सामने हुदैछन् । खेलेका दुवै खेलमा हार बेहोरेको पोखरा यस खेलमा जितका साथ पहिलो अंक जोड्न चाहन्छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पोखराले हार बेहोरेको थियो ।

साविक विजेता लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो । चितवन राइनोजसँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । लुम्बिनी ३ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ ।

आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्दैछ । दुईबीचको खेल मध्यान्ह १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुरले त्यसपछिका लगातार दुई जित हात पारेको छ ।

जनकपुरले काठमाडौं गोर्खाज तथा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । उता, पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लय देखाएको विराटनगर पहिलो दुई खेलमा पराजित भएको थियो । पलिो खेलमा चितवन राइनोज र दोस्रोमा कर्णाली याक्ससँग विराटनगर पराजित भएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको