जनकपुरले टस जित्यो

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर बलिङ रोजेका हुन् ।

गएको शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध खेलेको विराटनगरको टोलीमा एक परिवर्तन भएको छ । विराटनगरले प्रतिश जिशीलाई बेन्चमा राख्दा अपराजित पौडेललाई मौका दिएको छ । अपराजितको यसै खेलबाट एनपिएल डेब्यु पनि हुदैछ ।

विराटनगर किंग्स प्लेइङ-११

सन्दीप लामिछाने, लोकेश बम, इम्रान शेख, शेहान जयशुर्या, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जने, बसिर अहमद, नारायण जोशी, अपराजित पौडेल र रुपेश सिंह

आइतबार पोखरा एभेन्जर्सविरुद्ध खेलेको टोलीमा जनकपुरले एक परिवर्तन गरेको छ । मयन यादवलाई बेन्चमा राख्दा विशाल सुस्लिङलाई मौका दिएको छ ।

जनकपुर बोल्ट्सको प्लेईङ-११

तृतराज दास, मोइन अलि, सैफ हसन, अनिल साह, जिम्मी निशम, हरमित सिंह, अभिषेक तिवारी, विशाल सुस्लिङ, राहुल यादव, अमर सिंह राउटेला र ललित राजवंशी


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको