बिराटनगरको रोमाञ्चक जित, जनकपुरलाई २ रनले हराउँदै शीर्ष स्थानमा

काठमाडौं। एनपीएलमा बिराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

बिराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।

जनकपुरका सैफ हसनले ७१ र विशाल सुश्लिङले ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। विराटनगरका आन्द्रे रसेलले ४ विकेट लिए।

त्यसअघि बिराटनगरका इमरान शेखले ५६, आन्द्रे रसेलले अविजित ५२ र लोकेश बमले ५० रन बनाएका थिए।

जितसँगै ४ खेलमा ४ अंक जोडेको बिराटनगर शीर्ष स्थानमा उक्लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको