विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले ८४ रनको लक्ष्य ९.४ ओभरअघि नै १ विकेट गुमाएर पूरा गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो। विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए। एन्जेलो म्याथ्युजले २२ तथा बसिर अहमदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विराटनगरको ब्याटिङ ध्वस्त पार्ने क्रममा काठमाडौंका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। जहान्दाद खान र सहान आराचिगेले समान २ तथा करण केसी, शाहब आलम र देव साहले समान १ विकेट हात पारे।

८४ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर ८३ रन बनायो। उसका लागि डेभिड वार्नरले अविजित ४४ रन बनाए। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। विलियम बोसिस्टोले अविजित २३ रन जोडे। साहिल पटेलले १० रन बनाए।

विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए।

यस जितसँगै काठमाडौंले प्रतियोगितामा दोस्रो जित निकालेको छ। विराटनगर भने तेस्राे खेलमा पराजित भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको