एपिएफसँग मधेस प्रदेश पराजित

काठमाडाैं, १० मंसिर । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीवार सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ विजयी भएको छ।

एपिएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गरेकाे हो। पहिलो खेलमा सुदूरपश्चिमलाई हराएकाे मधेस दोस्रो खेलमा एपिएफसँग पराजित भएको हाे।

एपीएफका लागि ३०औं मिनेटमा युवराज खड्काले गाेल गर्दै सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा समुन श्रेष्ठले गाेल गर्दै २–० काे अग्रता दिलाए। खेलकाे इन्जरी समयमा डिसन राईले गोल गरे। यता, त्यसअघि मधेसका लागि दिपेन्द्र विकले गरेका थियो।

खेलको ६७औं मिनेटमा मधेसका गोलरक्षक युनिस चौधरीले डि एरियाभन्दा बाहिर हातले बल छोएपछि रातोकार्ड खाएर मैदानबाट बाहिरिँदा मधेस १० खेलाडीमा सीमित भएको थियो।

शुक्रवार दुई खेल हुनेछन्। जसमा बिहान ९ बजे लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा दिउँसो २ः३० बजे बागमती र त्रिभुवन आर्मीबीच खेल हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको