दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिता सुरु

काठमाडाैं। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङतर्फका खेलहरू आजदेखि कर्णाली प्रदेश रङ्गशालास्थित मुख्य कभर्डहलमा सुरु भएका छन्।

बक्सिङ प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गरे। उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन्द्र चन्द, नेपाल बक्सिङ सङ्घका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने बक्सिङ खेलले खेलाडीहरूको प्रतिभा प्रदर्शनसँगै राष्ट्रिय स्तरमा खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको