बौद्ध चिल्ड्रेन हेभन र रिब्स टीआईए कपकाे सेमिफाइनलमा

काठमाडाैं। बौद्ध चिल्ड्रेन हेभन र रिब्स १८औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

हात्तीगौडास्थित आयोजक टीआईएको कोर्टमा बौद्ध चिल्डे«नले त्रिज्योतिलाई ३३–५ तथा रिब्सले निम्सलाई २९–२१ ले पराजित गरे। बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १४ तथा रिब्सकी विदिसा पराजुलीले २० अंक जोडे। भ्याली पब्लिकले विल्सन एकेडेमीलाई २६–१२ ले हराउदै सेमिफाइनलमा पुग्यो। भ्याली पब्लिककी दृष्य गुरुङले १२ अंक जोडिन्। सेमिफाइनल पुग्ने १ टोलीको टुंगो लाग्न बाँकी छ।

सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण तयार भएको छ। क्वाटरफाइनल काठमाडौं जेभियर्स र विल्सन एकेडेमी, हेराल्ड र मार्वलस, मातृभूमि र भ्याली पब्लिक तथा त्रिज्योति र निसम्सबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको