काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी फेवा एजुकेशन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छिन्।
अस्ट्रेलियाको सिड्नी र काठमाडौंमा कार्यलय रहेको फेवाले सोमबार भलिबलकी स्टार उषालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा स्वागत गरेको हो।
सम्झौता पत्रमा उषा र फेवा एजुकेशन सिड्नीका निर्देशक दीनेश खनालले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार उषाले फेवा एजुकेशनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीहरूमा नेतृत्वको प्रवर्धनमा पनि सहकार्य गर्नेछिन्।
यसैगरी फेवाले पनि उषाको खेललाई खेल सामाग्री उपलब्ध गराउनेछ।
उषा र फेवाबीचको सम्झौता दुई वर्षको हुनेछ।


