एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरुलाई बिदाइ गरेको हो। मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु–१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

धामीको कप्तानीमा टोलीको उपकप्तानमा अर्जुन कुमाल र खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको