काठमाडाैँ । मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण शुक्रबार पूरा भएको छ । सिनियर र जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सेमिफाइनल समीकरण पूरा भयो ।
सिनियर ब्वाइजको सेमिफाइनलमा अक्षरिका र ज्ञान निकेतन तथा आयोजक मातृभूमि नीलो र बौद्ध इन्टरनेसनल खेल्ने छन् । जुनियर ब्वाइजको सेमिफाइनल ज्ञान निकेतन र ओम ज्ञान मन्दिर तथा मातृभूमि र एभरेष्टबीच हुनेछ । सिनियर गल्र्सको सेमिफाइनलमा इनोभेटिभको भेट निस्त ‘बी’ संग हुनेछ भने मातृभूमिले निस्ट ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।


