प्रथम जेबी कप : लालीगुराँस र न्युटन क्वाटरफाइनलमा


काठमाडौँ । लालीगुराँस नेसनल एकेडेमी र न्युटन प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। दुई टिमसंगै फेरिल्यान्ड र ग्रिनल्यान्ड पनि क्वाटरफाइनलमा पुगे।

लालीगुराँसले नव दीक्षितलाई २१–१६, न्युटनले त्रिवेणीलाई १९–१४, फेरिल्यान्डले स्किब्सलाई १९–१५ र ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१४ ले पराजित गरे। लालीगुराँसकी प्रियान्शु पन्थले ९, फेरिल्यान्डकी करुणा बोगटीले ७ र ग्रिनल्यान्डकी विहनी राईले ९ अंक जोडे।

जुनियर ब्वाइजमा लालीगुराँसले न्युटनलाई १७–१३, गोल्डेनपिकले हिमरश्मिलाई ३६–२५, भ्याली पब्लिकले नाम्सलाई ३५–१६ र किङडमले एन्जल्स हार्टलाई १८–१७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

लालीगुराँसका रोहित गुरुङले ६, गोल्डेनपिकका भुवन भण्डलले १२, भ्याली पब्लिकका अशोक विकले १७ र किङडमका पेम्बा दयाले ९ स्कोर गरे। प्रतियोगिताअन्तर्गत लिग चरणका सम्पूर्ण खेल सकिएका छन्।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको