काठमाडौँ । पोखरामा एमेच्योर फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
भिन्तुना युवा क्लबको आयोजनामा पहिलो संस्करणको एमेच्योर फुटसल प्रतियोगिता हुन लागेको हो।
आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको जानकारी दिइएको थियो।
पुस २६ र २७ गते सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ र उपिवजेताले ५५ हजार ५५५ नगद प्राप्त गर्ने छन्।
यस्तै, प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, फेयर प्ले टिमले समान ५ हजार प्राप्त गर्ने छन्।
प्रतियोगिताको सेमिफाइनल र फाइनलमा प्लेयर अफ दि म्याचलाई नगद १ हजार र ट्रफी प्रदान गरिने छ। पोखराको गैह्रापाटनमा रहेको स्पोर्टस क्यासलमा सञ्चालन हुने प्रतियोगितामा दर्ता शुल्क ६ हजार तोकिएको छ।
यस्तै प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ लाग्ने र २५ टिमको सहभागिता हुने आयोजकले बताएको छ।


