स्कटल्याण्डलाई नेपालले दियो ७३ रनको लक्ष्य

काठमाडौँ । आइसिसी यु १९ महिला टी–२० विश्वकपमा नेपालले स्कटल्याण्डलाई ७३ रनको लक्ष्य दिएको छ।

मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भयो।

नेपालको लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन्। सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको