आईटीएफ तेक्वान्दो टोलीको बिदाइ


काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आईटीएफको दुई फरक देश र कार्यक्रममा सहभागी हुने नेपाली टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।

अन्जु रावतले अमेरिकाको सिकागोमा फेब्रुअरी २२ देखि २३ तारिखमा हुने इलिनियस ओपन आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन्।

फारमबहादुर महत र निर्मला गुरुङले बेलायतमा फेब्रुअरी २१ देखि २३ तारिखसम्म हुने अन्तर्राष्ट्रिय प्रशिक्षक कोर्ष तथा टेक्निकल सेमिनारमा सहभागी हुने छन्। ३ सदस्यीय टोली बुधबार आ–आफ्नो गन्तब्यतर्फ प्रस्थान गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको