भारत र बंगलादेश भिड्दै

काठमाडौँ । आइसिसी च्याम्यिन्स ट्रफीको दोस्रो खेलमा आज (बिहिवार) भारतले बंगलादेशको सामना गर्दै छ।

युएईको दुवई क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। भारतले पाकिस्तानमा गएर खेल्न अस्विकार गरेसँगै हाइब्रिड मोडलमा उसका सबै खेल युएईमा आयोजना हुने भएको हो।

गत वर्षको आइसिसी पुरुष टी–२० विश्वकपको विजेता भारत पछिल्लो संस्करणको आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो।

हालसम्म भएका नवौं संस्करण खेलेको भारतले यसअघि सन् २००२ मा भएको प्रतियोगितामा श्रीलंकासँग उपाधि बाडेको थियो। भारतले २०१३ मा घरेलु टोली इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो।

बंगलादेशले हालसम्म ६ संस्करणको च्याम्पियन्स ट्रफीमा सहभागिता जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको