काठमाडाैँ । घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ।
आफ्नो वाषिर्क खेलकुद दिवसका अवसरमा सन्तोषीलाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो।
सूर्योदयका संस्थापक भवानी केसी र संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले ओलम्पियन सन्तोषीलाई सम्मान गरे। सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन्।


