काठमाडौं । काठमाडौंमा पाँच किलोमिटर ‘फन रन’ तथा ‘वाक’ प्रतियोगिता आउँदो चैत दोस्रो साता हुने भएको छ।
आयोजक हायर ग्राउन्ड नेपालले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
चैत ९ गते राजधानीस्थित सेन्ट जेभियर्स स्कुलको खेल मैदानमा फन रन तथा वाक आयोजना गरिनेछ। प्रतियोगितामा दुई हजारभन्दा धेरै व्यक्तिको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको अर्को इभेन्ट ह्वीलचियर रेसमा ३० खेलाडी सहभागी हुने बताइएको छ।
प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिने आयाेजकले जनाएकाे छ। प्रतियोगितामा ५०० रुपैयाँ सहभागिता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।


