काठमाडौं । भैरहवामा भएको खेलमा घरेलु टोली लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भयो। लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन र ओपनर मृनाल गुरुङले ४४ रन बनाए। नर सार्कीले ३२ बलमा ४५ रनको योगदान दिए।
२०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.२ ओभरमा १८२ रनमा अलआउट भयो। कोशीका लागि सुजन थपलियाले ३५ रन र ओपनर चिराग साहले ३१ रन बनाए।
बलिङमा लुम्बिनीका अजय चौहानले ५ विकेट लिए। प्लेयर अफ दि म्याच चौहानले ८.४ ओभरमा ३२ रन दिए। लुम्बिनीका लागि रमेश कुर्मीले लिएको ३ विकेट जितको आधार बन्यो।