गण्डकीले सुदूरपश्चिमलाई दियो २२१ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

लमही क्रिकेट रंगशालामा ओपनर अर्जुन कुमाल र दिपक डुम्रेको अर्धशतकमा गण्डकीले ८ विकेटको क्षतिमा २२० रनको सम्मानजनक लक्ष्य खडा गरेको हो।

टस जितेर ब्याटिङ रोजेको गण्डकीका लागि दिपक डुम्रेले सर्वाधिक ६० रन बनाए। उनले ७४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका हुन्।

विकेटकिपर ओपनर समिर कँडेल २ रनमै पेभेलियन फर्किदा अर्जुन कुमालले पारी सम्हालेका हुन्। उनले ९५ बलमा ४ चौका र १ छक्कासहित ५७ रन बनाए। बंश क्षेत्रीले १८, दिनेश बुढा मगरले १५, अमृत गुरुङ र कप्तान विपिन खत्रीले समान १०–१० रन जोडे। सुदिप अर्याल २३ रनमा र कमल परियार १ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि कप्तान शेर मल्लले सर्वाधिक ३ विकेट लिए। नारायण जोशीले २ विकेट लिँदा, हेमन्त धामी, मिलन बोहोरा र अर्जुन विकले समान १–१ विकेट लिए। सुदूरले प्रतियोगिताको पहिलो खेलमा आइतबार कर्णाली प्रदेशसँग हार बेहोरेको थियो।

यसअघि आफ्नाे पहिलाे खेलमा सुदूर कर्णालीसँग पराजित भएकाे थियाे भने गण्डकीले पहिलाे खेल खेल्दै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको