काठमाडौँ । पीएम कपमा आज दुई खेल हुँदै छन्। आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ।
सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ।
त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ।