काठमाडौं । एकस्ट्राटेक ओभल मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई बलियो लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनायो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए। त्यस्तै दिलिप नाथले ६१ रन बनाए।
कोशीका भुपाल लुइटेलले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए। प्रकाश कार्कीले २ तथा दिपेश कँडेल, फिर्दोश अन्सारी र शर्वन किस्कुले १-१ विकेट लिए।