क्रिकेट खेलाडीहरुको नयाँ ग्रेडिङ सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्र कन्ट्र्याक्टका लागि पुरुष तथा महिला खेलाडीहरुको नयाँ ग्रेडिङ गरेको छ। पुरुषतर्फ ३३ जना तथा महिलातर्फ १९ जना खेलाडी ग्रेडिङमा समेटिएका छन्।

पुरुषतर्फ ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र इमर्जिङ गरी पाँचवटा समूहमा खेलाडीहरुलाई बाँडिएको छ। ‘ए’ ग्रेडमा पाँच र ‘बी’ ग्रेडमा पाँच खेलाडी छन्। यस्तै सीमा चारजना र ‘डी’मा १२ जना खेलाडी समेटिएको छ। इमर्जिङमा ७ जना परेका छन्।

‘ए’ ग्रेडमा परेकाले एक लाख रुपैयाँ पाउने छन्। यस्तै ‘बी’, ‘सी’ ‘डी’ले क्रमशः ७० हजार, ५५ हजार र ३५ हजार मानसिक पारिश्रमिक पाउने क्यानले जनाएको छ इमर्जिङ खेलाडीलाई २५ हजार मासिक दिइनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको