मधेश प्रदेशले एपीएफलाई दियाे १६८ रनकाे लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत देउखुरी क्रिकेट रंगशालामा एपीएफ र मधेश प्रदेशबीच खेल भइरहेको छ।

जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४०.४ ओभरमा १६८ रनमा अलआउट भएको छ। पवन सर्राफले सर्वाधिक ७७ रन बनाउनुबाहेक अरूबाट राम्राे ब्याटिङ हुन सकेन।

कप्तान अनिल साहले १७, मयन यादवले ११ तथा रुपेश सिंह र प्रदिप पासवानले समान १० रन बनाए। अन्यले दोहोरो अंक छुनै सकेनन्।

एपीएफका लागि कमलसिंह ऐरीले ९ ओभरमा ५५ रन दिएर ४ विकेट लिए। भुवन कार्की र रोहित पौडेलले २-२ तथा अभिषेक गौतमले १ विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको