एपिएफलाई लुम्बिनीले दियो २२४ रनको लक्ष्य

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्रीकप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफ क्लबलाई २२४ रनको लक्ष्य दिएको छ।

एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२३ रनको योगफल तयार पार्यो।

लुम्बिनीका लागि कप्तान देव खनाल र मृणाल गुरुङले अर्धशतकीय पारी खेले। ओपन मृणाल गुरुङले ८७ बलमा ५५ रन बनाउँदा कप्तान देव खनाल ६३ रनको योग्दान दिए।

यस्तै आकाश त्रिपाटीले २२, प्रज्वल थापा २० तथा निर्मल गुरुङ रनमा अविजित रहे।

यता, एपिएफको लागि अभिषेक गौताम र अमर आउटेलाले समान ३ विकेट लिए भने मौसम ढकालले दुई विकेट हात पोर।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको